एजेन्सी । टर्कीमा सात म्याग्निट्युडको शक्तिशाली भूकम्प गरेको छ । उक्त भूकम्पले इज्मिर शहर आसपासको क्षेत्रका भवनहरूमा क्षति पुर्याएको स्थानीय संचार माध्यमले जनाएका छन् ।
स्थानीय अधिकारीले दिएको प्रारम्भिक जानकारी अनुसार दुई दर्जन भन्दा बढी भत्केका र कम्तिमा चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाइएको छ । पुरिएको हुनसक्ने आशङ्कामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन्।
अहिलेसम्म अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।