बोष्टन । अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । अहिले सम्म डेमोक्रायटका उम्मेद्वार जो वाइडेनले २ सय २३ र रिपब्लिकनका उम्मेद्वार डोनाल्ड ट्रम्पले १ सय ६६ इलेक्ट्रोल मत प्राप्त गरेका छन् ।
राष्ट्रपति निर्वाचित हुनको लांघ २७० मत आवश्यक पर्दछ ।
जारी मतगनामा अहिलेकै अग्रता कायम रहेमा निर्वाचन डोनाल्ड ट्रम्पले जीत्ने छन् ।
जो बाइडेनले नेभाडा, हवाई र अहिले अग्रता कायम गरेमा राज्य मात्र जितेमा २५० मात्र इलेक्टोरल मत प्राप्त गर्नेछन् । उता ट्रम्पले अलास्का र अहिले अग्रता कायम भइरहेका राज्यमा चुनाव जितेमा २ सय ८८ इलेक्टोरल मत प्राप्त गर्नेछन् ।
अमेरिकामा राष्ट्रपति चुनाव जित्नका लागि २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ । इलेक्टोरल कलेजको कुल संख्या ५३८ रहेको छ ।