एजेन्सी । अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणाम अन्तिम चरणमा प्रवेश गर्दा अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध प्रर्दशन भइरहेका छन् । डेमोक्र्याट समर्थकहरुले ट्रम्पले कानुनीराजको उपहास गरेको भन्दै प्रर्दशन गरिरहेका छन् ।
अमेरिकी राजधानी वासिन्टन डिसीमा ट्रम्पबिरुद्ध बिशाल प्रर्दशन भएको छ । उनीहरुले हामी लाई न्याय चाहियो, अन्याथा, शान्ति नहुने भन्दै प्रर्दशन गरिरहेका छन् ।
ह्वाइटहाउस बाहिर पनि प्रर्दशन भएको छ । उक्त प्रर्दशनमा सामान्य झडप भएको बीबीसीले जनाएको छ । प्रर्दशनमा तीन जना पक्राउ गरेको जनाइएको छ ।
क्यालिफारनिया, नर्थ क्यारोलाइन, पोर्टल्याण्ड तथा न्यूओर्क लगायतमा प्रर्दशन भइरहेका छन् । प्रर्दशनपछि बजारहरु बन्द हुन थालेका छन् । मानिसमा एक प्रकारका डर पैदा भएको संचार माध्यमले जनाएका छन् ।
निर्वाचन जसले जितेपनि प्रर्दशनले बृहत रुप लिने आशंका गरिएको छ । मुख्य शहरहरुमा सुरक्षा तैनाथी बढाएको छ ।
अहिलेसम्म अलजजीराका अनुसार जो बाइडेन २३८ सहित अग्रता कायमै छ भने डोनाल्ड ट्रम्प २१३ सहित कडा प्रतिस्पर्धा भइरहेको छ । सम्पूण परिणाम आउन भने केही समय लाग्ने जनाएको छ ।
फोटो रोयटर्स