एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा अमेरिकामा १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए । आजसम्म लेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ। बाँकी मतगणना जारी रहेको छ ।
यस पटकको निर्वाचनमा अमेरिकामा ६६।९ प्रतिशत मत खसेको प्रारम्भिक आँकलन गरिएको छ । यो वर्ष १२० वर्षपछिको सर्वाधिक मतदान भएको जनाइएको छ ।
यो वर्ष आधिकांश अमेरिकनले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । अमेरिकी संचार माध्ययमले जनाए अनुसार हुलाकबाट मत गर्नेमा डेमोक्र्याटिक मतदाताहरु बढी रहेको जनाएका छन् ।
हालसम्म राष्ट्रपति पदका उम्मेद्वार मध्ये जो बाइडनले २६४ मत प्राप्त गरेका छन् । त्यसै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन् । बाइडन जीत नजिक भएको भनिए पनि अन्तिम परिणाम आउन भने बाँकी रहेको छ ।
Photo: bbc.com