एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा पेन्सिल्भेनिया र जर्जीयामा डेमोक्र्याटिक उम्मेद्वार जो बाइडनले अग्रता लिएका छन् । बाइडन पेन्सिल्भेनियामा राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा ५ हजार ५ सय ८७ मतले अगाडि रहेको बीबीसीले जनाएको छ । यहाँ ९५ प्रतिसत भन्दा बढी भोट गणना भइसकेको छ ।
जर्जीयामा पनि बाइडले अग्रता लिएका छन् । ९९ प्रतिशत मत गणना भइसकेको जर्जियामा ८ हजार १ सय ९७ मत रहेको छ ।
त्यस्तै नेभाडामा ८९ प्रतिशत गणना भइसकेको छ । त्यसमा पनि बाइडन अघि नै छन् । एरिजोनामा बाइडन १.६ प्रतिशत भोटले अग्रता लिइरहेका छन् ।