एजेन्सी । अमेरिकाको संघीय निर्वाचन आयोगले अमेरिकी राष्ट्रपति निर्वाचन कुनै धाँधली नभएको जनाएको छ । आयोगको तर्फबाट एलेन भाइन्ट्राउबले भनिन्, निर्वाचनमा कुनै धाँधली भएको छैन् ।र, धाँधली भएको प्रमाण पनि कसैले पेश गरेको पनि छैन् ।
उनले भनिन्, देशभरीका प्रान्त तथा स्थानीय अफिसर र पोल कार्यकर्ताहरुले निकै प्रभावकारी काम गरेका छन् । निर्वाचन कसरी भएको थियो भनेर दशेभरबाट केही सामान्य गुनासाहरु आएका छन्, उनले भनिन् । केही गुनासाहरु आएका छन् तर त्यहा केही पनि प्रमाण भेटिदैन, उनले सीएनएनलाई बताएकी छन् ।
उनले थप स्पष्ट पार्दै भनिन्, त्यहाँ कुनै पनि गैर कानुनी तरिकाले मतदान भएको पनि छैन् । सत्य कुरा के हो भने, देशभर अमेरिकी नगारिक, निर्वाचनमा सहभागी नभएका विज्ञहरु लगायतकाले निर्वाचन कसरी भयो भनेर हेरेका छन् । र, साचो कुरा के हो भने, कसैले पनि प्रमाणसहित निर्वाचनमा धाँधली भएको भनेर गुनासो वा उजुरी गरेका छैनन् ।
\राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा डेमोक्र्याटहरुले पछिल्लो ४ ओटा राज्यमा धाँधली गरेका आरोप लगाउँदै आइरहेका छन् । उनले निर्वाचन रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिएका थिए । तर अदालतले उनको उजुरी खारेज गरिदिएको थियो ।