काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन डिसीमा संकटकाल लगाएका छन् । जहाँ जनवरी २० तारिकमा नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुँदैछ । यस कदमले सपथ ग्रहण कार्यक्रमलाई असर पार्ने अनुमान गरिएको छ ।
उक्त संकटकाल जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि लगाइएको छ । डेमोक्र्याटले ट्रम्पमाथि महाअभियोग लगाउने तयारी गरिहेका छन् । जसको लागि यही बुधवार मतदान हुनेछ ।
ट्रम्पले आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि र शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको विश्लेषण गरिएको छ ।
ट्रम्प समर्थकहरुले सपथको दिन हतियारसहित प्रर्दशन गर्न सक्ने भएकाले स्थानीय प्रशरी तथा प्रशासन निकै चिन्तित रहेको संचारमाध्यमले जनाएका छन् ।
File Photo