बोस्टन । हिमालयन लाइन्स क्लब डिस्ट्रिक ३३ के अफ न्यूइग्ल्याडमा नयाँ कार्यसमिति चयन भएको छ । एक कार्यक्रमकाबीच आगामी दुई वर्षका लागि शुशिल नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
हिमालयन लायन्श क्लब विगत लामो समयदेखि अमेरिकाको बोष्टनमा क्रियाशिल संस्था हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा शुशिल नेपाल, प्रथम उपाध्यक्षमा गोबर्धन पूजा, द्वितिय उपाध्यमा थानिरत्न कँडेल र तृतिय उपाध्यक्षमा चन्द्र मल्ल चयन भएको निर्वाचन मण्डलका अध्यक्ष राम थापाले जानकारी दिए ।
त्यसैगरी क्लबको सचिवमा विनोद उप्रेती, कोषाध्यमा शान्ति जोशी, मेम्बर सेक्रेटरीमा नविन उप्रेती, एलसिआइएफ संयोजकमा विनोद सुवेदी, मार्केटिङ तथा कम्युनिकेशन चेयरमा दिनेश पाण्डे र सर्भिस चेयरमा आँशु राजभण्डारी निर्वाचित भएको नव निर्वाचित उपाध्यक्ष थानिरत्न कँडेलले आजभोलिलाई जानकारी दिए ।
यस संस्थाले विभिन्न समयमा नेपालका विभिन्न ठाउँका विध्यालयलाई आर्थिक सहयोग गर्दै आएको उपाध्यक्ष कँडेलले जानकारी गराए । उनका अनुसार यस संस्थाले नेपालमा गएको विनाशकारी भुकम्पको समयमा आर्थिक संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।