अमेरिकी उप विदेशमन्त्री वेन्डी सेरमन चीन भ्रमणमा

आजभोलि

एजेन्सी । अमेरिकी उप विदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ । नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने सेरमन पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन ।

अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको शान्ति सद्भाव कायम राख्न जोड दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनप्रति विशेषतः मानवअधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् ।

चीनको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अमेरिकाले आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको उल्लेख छ । अमेरिकी उपविदेशमन्त्री सेरमनले चीनको दुई दिने भ्रमणलाई बाइडेन र सी जिनपिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिइएको छ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !