न्युयोर्कमा बेरोजगारी विमा रकम नपाएकालाई १५ हजार ६ सय डलर, अगस्तदेखि आवेदन

आजभोलि

काठमाडौं । न्युयोर्कमा कोरोना महामारीका बेलामा बेरोजगारी विमा रकम नपाएका कागजपत्रविहिनहरुले समेत अगस्तदेखि एक्सक्लुडेड वर्कर्स फण्डका लागि आवेदन दिन पाउने भएका छन् । यो कार्यक्रम अन्तरगत उपयुक्त कागजातहरु जुटाउनसक्नेले १५ हजार ६ सय डलरसम्म प्राप्त गर्नसक्ने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

अगस्तभन्दा अगाडि आवेदन उपलब्ध नहुने भन्दै कुनै संस्था वा व्यक्तिले आवेदन पेश गरिदिने भन्दै आवेदकका व्यक्तिगत विवरणहरु मागेको खण्डमा वा रकम लिन खोजेमा सजग हुन र ठगहरुबाट बच्न न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले सजग गराएको छ ।

झण्डै ३ लाख कागजपत्रविहिन कामदारहरु यो कार्यक्रम अन्तरगत रकम प्राप्त गर्न योग्य हुनेछन् । उनीहरुले न्युयोर्कमा बसेको र महामारीका कारण आम्दानी गुमाएको प्रमाण पेश गरेको खण्डमा १५ हजार ६ सय डलरसम्म सहायता रकम पाउन सक्नेछन् । विगतमा राज्य वा संघीय सरकारको कुनै पनि सहायताका लागि योग्य नभएकाहरु यो कार्यक्रमका लागि योग्य हुनेछन् ।

यो रकमका लागि योग्य हुने हाल न्युयोर्क निवासी हुनुपर्नेछ भने सन् २०२० को मार्च २७ भन्दा अगाडिदेखि न्युयोर्कमा बसोबास गर्दै आएको हुनुपर्नेछ । त्यस्तै सन् २०२० को फेबु्रअरी २३ पछि र मार्च २७, २०२० देखि अप्रिल १ २०२१ को बीचमा कोरोनाको महामारीका कारण आशिक वा पूर्णरुपमा आम्दानी गुमाएको हुनुपर्नेछ ।

आम्दानीको कति प्रतिशत गुमाएको हुनुपर्ने भन्ने विवरण पछि प्रकाशित गरिनेछ । त्यस्तै अप्रिल २०२१ भन्दा अगाडिको १२ महिनामा २६ हजार २ सय ८ डलरभन्दा कम आम्दानी गरेको हुनुपर्नेछ ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !