भारतमा रेल र बस ठोक्किदा १८ जनाको मृत्यु

आजभोलि

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित बाराबंकी जिल्लामा रेलले बसलाई ठोक्दा १८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार हरियाणाको पलवलबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले रातिदेखि सडक किनारमा रोकेर राखेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो । अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो । घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !