काठमाडौं । पछिल्लो समय अमेरिकमा कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण तीव्र गतिले फैलिरहेको जनाएको छ । हालसम्म विश्वका ८५ देशमा डेल्टा भेरियन्टको प्रभाव देखिएको छ । केही समयअघिसम्म संक्रमण दर ओरालो लागेको अमेरिकामा पछिल्लो २४ घन्टामा ६० हजार नयाँ संक्रमित थपिएका छन् ।
एकैदिन यतिको संख्यामा संक्रमित बढेपछि डाक्टरहरू पनि चिन्तित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन डेल्टा भेरियन्टको विस्तारप्रति निकै चिन्तित बनेको सीडीसीले जनाएको छ । जसकारण पूर्ण डोज खोप लगाएकालाई पनि मास्क लगाउन अनिवार्य भनिएको छ । अमेरिकामा कोभिडविरुद्धको भ्याक्सिनेसन तीव्र पारिएको छ ।