अफगानिस्तानमा सेना र तालिबानबीच भिडन्त

आजभोलि

एजेन्सी । अफगानिस्तानका मुख्य शहरहरुमा तालिबान लडाकु र सरकारी सेनाबिच भिडन्त भइरहेको छ । दक्षिण तथा पश्चिमी क्षेत्रका शहरहरुमा सरकारी सेनाबाट खोसेर ती शहरहरु आफ्नो नियन्त्रणमा लिने प्रयासमा तालिबान लडाकु रहेका छन् ।

हेरात, लश्कर गाह र कान्दाहर शहर कब्जामा लिने प्रयासमा तालिबान लडाकु सरकारी सेनासँग भिडन्त गरिरहेको छ । अमेरिकीसहितका अधिकांश विदेशी सैनिकहरु सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता हुने घोषणासँग तालिबानले ग्रामीण क्षेत्रहरुमा आफ्नो पकड तीव्र रुपमा बिस्तार गरेको छ ।

प्रमुख शहरहरुमा भने अझै पनि सरकारी सेनाको नियन्त्रण छ । यी शहरहरु नियन्त्रणका लागि तालिबानका तर्फबाट हुने प्रयास र रोक्नका लागि सरकारी सुरक्षाबलले गर्ने प्रतिकारका कारण गम्भीर मानवीय संकट आउन सक्ने भन्दै चासो र चिन्ता व्यक्त भएको छ ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !