काठमाडौं । बंगलादेशमा विवाह गर्न दुलहीको घरतर्फ जाँदै गरेको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो । घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो । सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको छ । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।