काठमाडौं । नेपाल सरकारलाई जापान सरकारले उपलब्ध गराउने भनिएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये ८ लाख डोज खोप शनिवार र आइतवार गरि काठमाडौं ल्याइने भएको छ ।
जापानबाट ती खोप आज र भोलि ढुवानी हुने काठमाडौंमा रहेको जापानी दूतावासले जनाएको छ । दुई दिनभित्र ८ लाख डोज खोप नेपाल आउने भएको छ । कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई यो खोप दिने सरकारको तयारी छ ।
कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख ज्येष्ठ नागरिकले अझै दोस्रो डोज लगाएका छैनन्,उनीहरुको लागि यो खोप लगाइने छ ।