पत्रकारमाथि धम्कीका घटनाप्रति आमसञ्चार प्राधिकरणको ध्यानाकर्षण

आजभोलि

  गोलबजार । आमसञ्चार प्राधिकरण मधेस प्रदेशले प्रदेशका जिल्लाहरूमा कार्यरत पत्रकारमाथि धम्की एवं दुव्र्यवहारका घटना बढेकामा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मंगलबार विज्ञप्ति जारी गरी पछिल्लोपटक अनलाइनखबरमा कार्यरत धनुषाका पत्रकार शैलेन्द्र महतोलाई समाचारको विषयलाई लिएर विदेह नगरपालिकाका प्रमुख बेचन दासले भौतिक कारबाही गर्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

गत पुस १५ गते मधेस प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणको समाचार सङ्कलनमा खटिनुभएका पत्रकार महतोलाई नगरप्रमुख दासले आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रता र कानुनी राज्यको धज्जी उडाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रेस स्वतन्त्रताको रक्षा एवं सम्मान गर्नुपर्नेमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले सार्वजनिकरूपमा पत्रकारलाई धम्की दिनु घोर निन्दनीय भएको बताइएको छ ।

उनले यसअघि पनि अन्य सञ्चारकर्मीमाथि हातपात एवं दुव्र्यवहार गरेको जानकारी प्राप्त भएकाले यस्ता घटना दोहोरिन नदिन अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, शान्तिपूर्ण एवं भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न तथा पत्रकार महतोको सुरक्षाप्रति सचेत रहन सम्बन्धित निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !