कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत

आजभोलि

काठमाडौं । कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए । कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताइन् ।

महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गरे ।

महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । प्रथम हुने कृषकलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय र तृतीयलाई रु एक हजार पुरस्कार उपप्रमुख थारूले प्रदान गरेएका थिए ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !