उडेको विमानमा महिला यात्रुमाथि पुरुषले पिसाब फेरिदिएपछि……

आजभोलि

नयाँ दिल्ली । नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारवाहीमा नपरी उम्किएका थिए । घटनाको केही हप्ता पछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ ।

नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।
नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जिपि खोलेर पिसाब फेरिदिएका थिए ।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए । पिसाब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

महिलाले चालक दलसँग गुनासो गरेकी थिइन् । उनको लुगा, जुत्ता र झोला पिसाबले भिजेको बताइन् । चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !