हिजाबबिना खेलेकी इरानी खेलाडीलाई स्वदेश नफर्किन चेतावनी

आजभोलि

तेहरान । कजाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाबबिना सहभागी भएकी इरानकी चेस खेलाडी मंगलबार स्पेन पुगेकी छिन् । स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनी निकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् १९७७ मा जन्मिएकी सारा खादेम गत साता अलमेटीमा एफडीई वल्र्ड रेपिड एन्ड ब्लिज चेस च्याम्पियनसिपमा हिजाब बिना सहभागी भएकी थिइन् । प्रतियोगितापछि खामलाई स्वदेश विभिन्न फोनकलमार्फत नफर्किन चेतावनी दिइएको ती सञ्चार माध्यमहरुले जनाएका छन् । ‘आफ्नो समस्या समाधान गर्ने ’ प्रतिज्ञासहित उनी स्वदेश फर्किनुपर्ने  अन्यले जनाएका छन् ।

सोही विषयलाई लिएर इरानमा उनका अभिभावक र आफन्तले पनि धम्की पाएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

हिजाब नलगाएको आरोपमा सेप्टेम्बरको दोसो साता नैतिक प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको हिरासतमै मृत्युपछि इरानमा अभूतपूर्व ढंगले सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले जनाएका छन् ।

प्रदर्शनप्रति विभिन्न कलाकारदेखि अभिनेतालगायतले एक्यबद्धता जनाएका छन् ।

 

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !