छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

आजभोलि

काठमाडौं । सर्लाही र झापामा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलले  ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएर्को लाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाईनियन्त्रणमा लिइसकेको छ ।

झापाको कमल गाउँपालिका ५ लवडाँडामो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार राति प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र मे २ प २१५७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटरमा समेत मोटरसाइकल  ठोकिएको थियो  ।

घाइते भएका मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ३८ वर्षीय नरेन्द्र सेलिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार झापाकै शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय मनोज लिम्बुको उपचार दमक स्थित लाइफलाइन अस्पतालमा  भइरहेको छ । दुवै चालक र ३ वटै सवारी साधनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !