भिडभाड र सार्वजनिक यातायातको साधनमा स्वास्थ्य सतर्कता अपनाउन प्रशासनको अनुरोध

आजभोलि

लमजुङ । कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालमा संक्रमण कम हुँदै गए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायतका केही देशहरूमा संक्रमणको नयाँ स्वरूप देखापरेकाले सतर्क रहन भनिएको छ । नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै समयमै सजग र सूसूचित हुन आवश्यक रहेको कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भूमीश्वर पोखरेलले सूचना सार्वजनिक गर्दै नागरिकमा सतर्क रहन भनिएको छ ।

बढी भिडभाड हुने स्थान तथा सार्वजनिक यातायातको साधनहरूमा मास्क तथा स्यानीटाइजरको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । एक अर्कामा भौतिक दूरी कायम राख्न, व्यक्तिगत सरसफाइलगायतको आवश्यक स्वास्थ्य प्रोटोकलको पूर्ण पालनाका लागि नागरिकलाई सचेत गराएको छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !