आक्रमणकारीले वृद्धको कान टोकेपछि……

आजभोलि

ओरेगन । अमेरिकाको ओरेगनमा एक २५ वर्षीय व्यक्तिले रेल प्लेटफर्ममा ७८ वर्षीय वृद्धलाई आक्रमण गरेका छन् । फक्सन्युजको रिपोर्टका अनुसार उक्त व्यक्तिले वृद्धको कान र अनुहारको केही भाग चपाएका थिए ।

अधिकारीहरूका अनुसार २५ वर्षीय व्यक्ति कोरीन क्रेमरको रूपमा पहिचान गरिएको थियो र उनले क्लिभल्याण्ड एभिन्यु स्टपमा रहेको म्याक्स प्लेटफर्ममा बिहान २ बजेपछि पीडितलाई आक्रमण गरेको थिए ।

साक्षीहरूले जमिनमा रगतको आहाल देखेपछि आक्रमणको केही समयपछि सम्भावित छुरा प्रहारको बारेमा प्रहरीलाई फोन गरेका न्युयोर्क पोस्टले रिपोर्ट गरेको छ ।

अधिकारीहरू घटनास्थलमा पुग्दा उनीहरूले संदिग्धले पीडितको माथि आक्रमण गरिरहेका थिए । प्रहरीले तुरुन्तै संदिग्धलाई हिरासतमा लिए र पीडितलाई सहयोग गर्न प्यारामेडिकहरूलाई बोलाएका थिए ।

अधिकारीहरूले चाँडै थाहा पाए कि संदिग्ध व्यक्तिले चक्कुको सट्टा पीडितलाई आक्रमण गर्न आफ्नो दाँत प्रयोग गरेको थियो ।  प्रहरीले भनेको छ, ‘आक्रमणकारीले पीडितको कान र अनुहारको भाग चपाएको थियो । चोट यति गहिरो थियो कि पीडितको खोपडी देख्न सकिन्थ्यो । ’

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !