बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ

आजभोलि

कैलाली । विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका–१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रनाउ जोशीका अनुसार विभिन्न बैंक तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत विभिन्न स्थानमा बस्ने व्यक्तिलाई डर, त्रास तथा विभिन्न प्रलोभन देखाउने गरेको र महिलालाई ललाइफकाई गरी निजहरूको अश्लील भिडियो पोष्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरी कार्यालयबाट थप अनुसन्धान भइरहेको बताइएको छ । निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाणसहितको जाहेरी दर्खास्त लिई कार्यालय सम्पर्क गर्न आउन हुनसमेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !