चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिँदै संघ

आजभोलि

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ता प्रदान गर्ने भएको छ ।

संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमिति बैठकले ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार (संघका सदस्य) लाई मासिक रुपमा सामाजिक सुरक्षाभत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई उर्जा मिल्ने विश्वास लिएका छौं। विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर सङ्घले गरेको हो । हामीले कल्याणकारी कोषमार्फत सङ्घका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं’, अध्यक्ष सिटौलाले भने । उनले यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नविकरण शुल्क मिनाहा गरिने जानकारी समेत दिए ।

साथै, बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरुका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । यसका साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ ।

अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरुले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नविकरण गर्नुपर्ने निर्णय समेत गरेको छ । साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !