आमा समुहको अगुवाइमा होमस्टे

आजभोलि

लमजुङ । बेंसीशहर नगरपालिका ६ पुमागाउँका महिलाहरु गाउँलाई पर्यटनसँग जोडी आर्थिक उपार्जन गर्न सक्रिय बनेका छन् । कन्या देवी आमा समुहमा आबद्ध महिलाहरूले  पुमागाउँ होमस्टे (घरबास) सुरु गरेका हुन् ।

कन्या देवी आमा समूहकी अध्यक्ष सुकमाया गुरुङले गाउँमा पर्यटक भित्राउन होमस्टेसहित अन्य तयारी थालेको उनी बताउँछिन् । पर्यटकलाई घुम्न तथा गाउँको आम्दानीका लागि सामुहिक चिया र कफी खेती सुरु गरिएको उनले बताइन् । ‘जग्गा बाँझो पल्टिएको थियो । यहाँ चिया र कफीको बगान बनाएर पर्यटक भुलाउँछौँ,’ उनले भनिन् ।

पुमा गाउँ पर्यटन विकास समितिका अध्यक्ष हरि गुरुङका अनुसार ५२ घरधुरी रहेको पुमागाउँबाट सदरमुकाम बेसीशहर बजार, दुई दर्जन बढी गाउँबस्ती, लमजुङ हिमाल, अन्नपूर्ण हिमाल, ङादीचुली (डा. हर्क हिमाल) लगायतका हिमालहरू नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ । एक पटकमा गाउँमा आएका २० जना पाहुनालाई होमस्टेमा राख्न सकिन्छ  ।

सदरमुकाम बेसीशहरबाट ११ किलोमिटरको दूरीमा पुमागाउँ पर्छ । गाउँसम्मै राम्रो सडक भएकाले बेसीशहरबाट १ घण्टामा मोटरमा पुग्न सकिन्छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !