मर्स्याङ्दीमा साताब्यापी शैक्षिक महोत्सव हुने

आजभोलि

लमजुङ । शैक्षिक विकासको लागि भन्दै लमजुङको मर्स्याङदी गाउँपालिकाले साताव्यापी शैक्षिक महोत्सव आयोजना गर्ने भएको छ ।

यहि पुस २६ गते देखि सुरु हुने उक्त शैक्षिक महोत्सवमा खेलकुदका समेत विभिन्न प्रतियोगिताको आयोजना गरिने मर्स्याङ्दी गाउँपालिकाले बताएको छ ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार भन्ने नाराका साथ उक्त शैक्षिक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव खुदीस्थित अमर माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ ।

गाउँपालिकामा शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन आयोजना गर्न लागिएको शैक्षिक महोत्सवमा विभिन्न राजनीतिक दलहरू, विद्यार्थी, शिक्षक, अभिभावकहरूबाट गाउँपालिकाको शैक्षिक विकासको निम्ति कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । यससँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूको क्षमता अभिबृद्धिका लागि पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताइएको छ ।

सात दिन सम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन पुस २६ गते उद्घाटन समारोह, शुभकामना मन्तव्य, कार्यपत्र प्रस्तुत, विद्यार्थीद्वारा निर्मित शैक्षिक सामाग्री प्रदर्शनी, विद्यार्थीहरुको सास्कृतिक प्रस्तुति रहनेछ ।

माघ २ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत २६ गते उद्घाटन तथा विविध कार्यक्रम, पुस २७ गते बुधवार शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका मोटिभेसन प्रोगाम, २८ गते विहिवार कक्षा ८, ९, १० र १२ का अभिभावकहरु लक्षित कार्यक्रम र २९ गते विद्यार्थी लक्षित मोटिभेसनल कार्यक्रम हुने बताइएको छ ।

खेलकुदलाई समेत समावेश गरी आयोजना गरिएको उक्त महोत्सवको पाँचौ दिन पुस ३० गते शनिवार मर्स्याङ्दी कप, माविस्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङ जम्प, प्राविस्तरीय छात्रछात्रा गणित दौड प्रतियोगिता हुने भएको छ ।

यसैगरी माघ १ गते मावि स्तरिय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेलमैदानमा आधारभूत विद्यालय स्तरिय फुटबल प्रतियोगिता हुने शिक्षा शाखाले जनाएको छ। शैक्षिक महोत्सवको अन्तिम दिन माघ २ गते भलिबल, फुटबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापनको कार्यक्रम रहेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार राजनीतिक दल, अभिभावक, शिक्षक, विद्यार्थी, बालक्लव सबैलाई शिक्षाको विकासको लागि के गर्न सकिन्छ भन्ने बारेमा आफ्नो अवधारणा प्रस्तुत गर्न भनिएको छ । यसैको आधारमा आगामी दिनमा विभिन्न कार्ययोजना ल्याएर शैक्षिक विकास गर्न सकियोस् भन्ने लक्ष्य महोत्सवले लिएको छ । यसै अनुरुप विभिन्न कार्यदल बनाएर छलफल समेत भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु लगायतसँग छलफल भई विभिन्न उपसमिति निर्माण भएका छन् । त्यसैको आधारमा काम गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
महोत्सवलाई जिल्लाका विभिन्न पालिकाका राजनीतिक दल, अभिभावक, प्रधानाध्यपक, विद्यार्थी, बुद्धिजिवि लगायतले अवलोकन गर्ने बताइएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !