काठमाडौँको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

आजभोलि

काठमाडौँको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए ।

आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा रहेको प्रवक्ता मैनालीले बताए । आगलागी एउटा टहरोको पसलबाट सुरु भएको प्रहरीले जनाएको छ ।

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !