काठमाडौं । प्रदेश प्रमुख परशुराम खापुङले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति ग्रन्थ’को लोकार्पण गरेका छन् । विराटनगरस्थीत सगरमाथा पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुखले उक्त ग्रन्थको विमोचन गरेका हुन् ।
ग्रन्थको विमोचन गर्दैे खापुङे मानिस समाजबिना बाँच्न नसक्ने बताए छ । समाजलाई सुसंस्कृत बनाउनमा पण्डित श्री घनश्याम पोखरेलको विशेष योगदान रहेको प्रदेश प्रमुखले मन्तव्यका क्रममा जोड दिए ।
कार्यक्रममा प्राज्ञ दधिराज सुवेदी, स्वामी गोपालाचार्य, कविराज न्यौपाने, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल, रमेश घिमिरे, सहप्राध्यापक डा. सागरमणि सुवेदी, ग्रन्थका सम्पादक डा. रघुनाथ नेपाल र प्रदेशसभाका सांसद भीम आचार्यले मन्तव्य राखेका थिए ।
कार्यक्रममा उज्ज्वल अचार्यलाई पण्डित श्री घनश्याम पोखरेल मेधावी छात्र पुरस्कार २०७९ प्रमुख अतिथिको हस्तवाहुलीबाट प्रदान भएको थियो । त्यसैगरी ग्रन्थका सम्पादकहरु डा. रघुनाथ नेपाल, भवानीप्रसाद मिश्र, कुरेश पाण्डे, ईश्वर गुरागाइँलाई सम्मान गरिएको थियो ।