अमेरिकालाई धेरै हानी पुर्‍याउने जासूस २० वर्षपछि रिहा

आजभोलि

न्युयोर्क । शीतयुद्ध कालमा सबैभन्दा प्रख्यात जासूसमध्येकी एक एना मोन्टेस २० वर्षको जेल सजायपछि रिहा भएकी छिन् । ६५ वर्षीया मोन्टेसले खुफिया निकायमा  विश्लेषकको रूपमा काम गर्दा क्युबाका लागि जासुसी गर्न करिब दुई दशक बिताएकी थिइन । रिहापछि पनि उनी पाँच वर्ष निगरानीमै रहनेछिन् ।

सन् २००१ मा पक्राउपछि उनले क्युबामा अमेरिकी गुप्तचर कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरेको अधिकारीहरुले दाबी गरेका थिए ।

उनी अमेरिकाद्वारा पक्राउ परेका सबैभन्दा हानिकारक जासूसमध्ये एक थिइन । राष्ट्रपति जर्ज डब्लु बुसको नेतृत्वमा काउन्टर–इन्टेलिजेन्सको प्रमुख मिसेल भान क्लीभले सन् २०१२ मा कांग्रेसलाई सम्बोधनका क्रममा मोन्टेसले सबै कुरामा सम्झौता गरेको  बताएकी थिइन् ।

पक्राउपछि मोन्टेसमाथि चार जना गुप्तचरहरूको परिचय र ठूलो परिमाणमा गोप्य सामाग्रीहरू उपलब्ध गराएको आरोप लागेको थियो । उनलाई २५ वर्षको जेल सजाय तोकिएको थियो ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !