बाढी पहिराेले भत्किएकाे कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

आजभोलि

जुम्ला । जुम्लाहुँदै सुर्खेत जाने कर्णाली राजमार्ग गत असोजमा आएको बाढीपहिरोले क्षतविक्षत बनेपछि ०६३ सालकै स्वरुपमा फर्किएको छ । ०६३ सालमा राजमार्गको ट्रयाक खुल्दा जस्ताे थियाे अहिले त्यही स्वरुपमा पुगेकाे छ । सुर्खेतदेखि जुम्लासम्मको २३५ किलोमिटरको राजमार्ग यसपटकको बाढी पहिरोले तत्काल सञ्चालन हुन नसक्ने अवस्थामा छ ।

कर्णालीवासीको जीवनरेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेषगरी सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र नाग्म गमगढी हुँदै मुगुसम्म यातायात सञ्चालन हुँदा स्थानीय उत्पादन र वस्तु विनियमयमा निकै सहज भएकाे थियाे ।

तर चार महिनादेखि राजमार्ग सञ्चालनमा समस्या भएपछि यात्रुहरूले पीडादायी यात्रा गरिरहेका छन् ।  विपदबाट राजमार्गका दर्जनौँ स्थान क्षतबिच्छेद भएकाे छ भने भत्किदा सडक बनाउँदा र पहिरो पन्छयाउन लाखाैँ खर्च भइरहेकाे छ ।

अहिले राजमार्ग कामचलाउ हिसाबले सञ्चालन भइरहेकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ । कालोपत्रे भएका सडक समेत अहिले कच्ची सडकमा परिणत भएका छन् । राजमार्ग ०६३ काे कच्ची बाटाेमा परिणत भएकाे नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए । उनले भने, ‘राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक छ । यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ ।’

सडक डिभिजन कार्यालय जुम्ला निरन्तर मर्मत सम्भारमा खटिए पनि धेरै क्षेत्रमा बाढीपहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ । सबैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यसपछि दैलेख खण्डका भत्किएको छ ।

कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पीडा छन् । जुम्लाका मनऋषि धिताल भन्छन्, ‘कर्णाली र नाग्म गमगढी राजमार्गमा बाढीपहिरोले माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भए जस्तो धेरै स्थानमा  छन् । यसपटक पहिरोले धुँलो अत्याधिक बढेको छ । यो क्षेत्रमा बर्खामा हिलो झन बढ्ने देखिन्छ ।’

पहिलेको अवस्थामा ल्याउन दुई अर्ब बजेट माग 

राजमार्गमा काम गर्ने इन्जिनियरदेखि अन्य कर्मचारी रजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन रहेकाे बताउँछन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार राजमार्ग विपद् क्षेतबिच्छेद बनाएपछि नियमित बजेट प्रयोग गरेर काम त भइरहेको छ । यसका साथै पूर्ववतअवस्थामा ल्याउन दुई अर्बकाे बजेट चाहिन्छ ।

उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ । केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो.पञ्छाउन यो बजेट स्वीकृत भएमा सहयोग पुग्नेछ । जिल्ला विप व्यवस्थापन समितिको सिफारिस आवश्यक रहेका बताए  । मुगुले निर्णय पठाइसकेको छ भने जुम्ला र कालिकोटको सिफारिस बाँकी रहेको सडक डिभिजन कार्यालयले बताएको छ ।

डिभिजन सड्क कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर चित्र चौलागाईका अनुसार राजमार्गकाे लामो भागमा पहिरो पञ्छाउने कामका लागि ठेक्का अगाडि बढाइएको छ । सबैभन्दा ठूलो पहिरो नाग्मदेखि रारा खण्ड, धनाडा–राजुली खण्ड, राताडाव खण्ड, एस मोडसहित विभिन्न स्थानमा छ ।

यसका साथै दही खोलादेखि जुम्लामा मात्रै एक सय स्थानमा पहिरो गएको बताए ।  सेरिगाडमा एक साताअघि ठूलाे सुख्खा पहिरो आएपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यस बर्ष समयमै बजेट प्राप्त भएन भने जतिबेला पनि पहिरो आउने र दुर्घटना हुने डर छ । १९ असोजमा गएको बाढीपहिरोले कर्णाली राजमार्गअन्तर्गत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यु भएको थियो ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !