जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट

आजभोलि

गलकोट । जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ ।

पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स खरिद गर्न थालेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए। जैमिनी नगरपालिकामा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पटक–पटक बिग्रँदै आएकाले पालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने र व्यवस्थापनको जिम्मा पालिका अस्पताललाई दिने नगर उपप्रमुख शर्माले बताए।

“पालिकामा सञ्चालित एम्बुलेन्स पुरानो भयो, बिग्रिएर समस्या भएपछि आफ्नै एम्बुलेन्स खरिद गर्न थालिएको हो”, उपप्रमुख शर्माले भने, “नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने महत्त्वपूर्ण निर्णयसँगै जैमिनी नगरपालिकाको फोहोर व्यवस्थापनका लागि ल्यान्ड फिलसाइट निर्माण गर्ने तयारीसमेत थालिएको छ ।”

नगरको फोहोर व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले डम्पिङ साइट निर्माण गर्ने गरी हाल फोहोर फाल्दै आएको जैमिनी नगरपालिका–१ कोप्चे भन्ने स्थानलाई व्यवस्थापन गर्न रु १० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै पालिकाले हालसम्म स्वास्थ्य चौकी भवन निर्माण हुन नसकेका वडा नं ३ र वडा नं ९ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

  • २५ पुष २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !