झापामा सात उद्योग कारबाहीमा

आजभोलि

काठमाडौं । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए । “केही फाइल जिल्लाबाहिर पठाएका छौँ”, उनले भने, “केही फाइल जिल्ला प्रशासन कार्यालय र अदालतमा पेस गरिएको छ ।”

प्रारम्भिक अनुसन्धान गरेर उद्योग दर्ता भएको स्थानमा कारबाहीका लागि मोरङ र पर्सामा एक÷एक फाइल पठाइएको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा पठाइएको छ । “खाद्य गुण नियन्त्रण गर्न हामी लागि परेका छौँ”, उनले भने, “पुराना फाइल पनि छन्, तिनीहरुलाई पनि किनारा लगाउँदै नयाँमा काम–कारबाही अगाडि बढाइरहेका छौँ ।”

चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र रहेको तथा सीमित जनशक्ति भएकाले भनेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ । कार्यालयअन्तर्गत इलामका ६२ होटल व्यवसायीलाई खाद्य स्वच्छता, गुणस्तर एवं होटल व्यवसायीले पालना गर्नुपर्ने मापदण्डसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

झापाको मेचीनगरमा स्थानीय तहका पालिका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिका लागि खाद्य स्वच्छता अभिमुखीकरण, उपभोक्ता भेला लगायतका कार्यक्रम गरिएको छ । सडक खाना (स्ट्रिट फुड) व्यवसायीलाई स्वच्छतासम्बन्धी तालिम दिने तयारी भइरहेको कार्यालयले जनाएको छ । पानीपुरी, चटपटे, ठेला पसल व्यवसायीलाई भेला गराएर एकदिने तालिम दिन लागिएको कार्यालय प्रमुख भट्टराईले बताए ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !