ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित पशुबगरनजिकै दूधकोशी नदी किनारमा एक युवाको शब फेला परेको छ । अन्दाजी ३५/४० वर्षीको पहिचान नखुलेको युवाको शव फेला परेको हो ।
आज दिउँसो युवाको शब फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती युवाको ३/४ दिन अघि मृत्यु भएको हुनसक्ने जनाएको छ ।
मृतकको अनुहार कालो भएर सड्न लागेको र हातहरु चुँडिन लागेको अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।