अस्पतालको भवन नबन्दा सेवा प्रभावित

आजभोलि

म्याग्दी । म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाइले सेवा प्रभावित भएको छ । तीन वर्षअघि निर्माण सकिनुपर्ने ५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशतमात्र भौतिक प्रगति छ । छ वर्षअघि भवन निर्माण सुरु भएको थियो ।

तेस्रोपटक थपिएको म्याद सकिन चार महिना बाँकी रहँदा व्यवसायीले दुई वर्षदेखि सुस्ताएको भवन निर्माणको काम अघि बढाएको छैन । बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणमा भएको ढिलाइका कारण सेवा प्रवाहमा समस्या भएको बताए ।

“पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ”, उनले भने, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ । विशेषज्ञ चिकित्सक आएका छैनन् ।” स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधि, स्थानीय प्रशासन, आयोजनाका साथै विभाग र मन्त्रालयमा पुगेर अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले दबाब दिएका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले विसं २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार आठ सय ६९ लागत अनुमान गरिएको थियो । हालसम्म रु १० करोड ९२ लाख २७ हजार छ सय १४ भुक्तानी भएको आयोजनाले जनाएको छ ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !