नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलीप्याड निर्माण

आजभोलि

काठमाडौं । नेपाली सेनाको सिलगढीस्थित भैरवप्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा हेलीप्याड निर्माण गरेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको चवारा चौतारामा सेनाले हेलीप्याड निर्माण गरेको हो ।

विपद्मा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले बताए । “जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भनेर हेलीप्याड निर्माण गरिएको हो”, उनले भने ।

गाउँपालिकाको समन्वयमा सेनाले रु पाँच लाखको लगानीमा हेलीप्याड निर्माण गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, “प्राकृतिक विपद्को समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेलीप्याड निर्माण भएपछि अब त्यो समस्या रहन्न ।”

जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा छैन् ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !