बुधबार सार्वजनिक विदाको दिन प्रशासनको अनुमतिबिना सञ्चालन भएका दुई र चार पाङ्ग्रे गरी १५ वटा साधनलाई प्रहरीले होल्डमा राखी अबदेखि आवश्यक परे पास लिएर मात्रै चलाउने गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
गोरुसिङ्गेस्थित कार्यालय र अस्थायी पोष्ट पिपराले १३ ओटा जिप र २ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए । नियन्त्रणमा पर्नेमा बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका, रोल्पा नगरपालिका, टीकापुर नगरपालिका, कञ्चनपुर नगरपालिका, शितगंगा नगरपालिका र हुलाकी राजमार्ग कार्यालय लगायतको सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारि धर्मेन्द्र कुमार मिश्रको आदेश पछि साँझ ५ बजे ती सवारी साधन छाडिएको ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी नायव निरीक्षक नीरज गौतमले बताए । राजधनीबाट