भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आजभोलि

काठमाडौं । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा निमित्त प्रमुख रहेका वेला अख्तियारले अनुसन्धान थालेको थियो । हाल भूमि आयोगका अधिकृत रहेका पोखरेलमाथि एक करोड ६ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ ९२ पैसा बिगो दाबी गरिएको छ ।

अख्तियारले पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनलाई प्रतिवादी बनाएको हो ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !