सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर चल्यो ( फोटो फिचर)

आजभोलि

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको  छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजगर चलाएको हो ।

श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ ।  पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए । मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णयअनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उनको भनाई छ । ३५ दिने सूचनाजारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताए  ।

कानुनको परिधिभित्र रहेर विकास निर्माणको कामगर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उनको भनाई छ ।  स्थानीय घर र जग्गाधनीहरुले भने बसपार्क क्षेत्रमामात्रभन्दा पनि ऐलानीजग्गामाबनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन् । घरटहरा भत्काउनेमाआफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरुको भनाई छ ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !