यतिको ‘ब्लाक बक्स’ छानविन आयोगलाई जिम्मा

आजभोलि

पोखरा । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगलाई जिम्मा लगाईएको छ ।

आइतवार बिहान भएको बिमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छानबिन समितिलाई जिम्मा लगाईएको हो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार आइतवार गठन भएको छानबिन समितिले आजैवाट काम सुरु गरेको र फेला परेको ब्लाक बक्स छानविन समितिलाई जिम्मा लगाईएको हो ।

बिमान दुर्घटनामा ‘ब्लाक बक्स’ महत्वपुर्ण प्रमाण हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि ‘ब्लाक बक्स’ले धेरै सुचना दिने गर्छ । ‘ब्लाक बक्स’लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ ।

पोखरा बिमान दुर्घटना पछि बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा एक छानविन आयोग गठन गरेको थियो । जसमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यमा राखेको थियो । सो आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्। गठन भए लगत्तै आयोगले छानविनको काम सुरु गरेको हो ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !