अध्यक्ष र उपाध्यक्षको विवादबीच अदानचुलीले पायो नयाँ हाकिम

आजभोलि

सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा यहाँ दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।

विवादकै बीचमा नयाँ प्रशासकीय अधिकृत आएपछि समस्य हल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला निर्वाचन कार्यालय सल्यानमा कार्यरत नायब सुब्बा नवराज गिरीलाई नियुक्त गरी पठाएको छ। गिरीले पुस २९ गते आर्थिक अधिकारसहित जिम्मेवारी पाएका हुन् ।

गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाका आआफ्नै अडानका कारण गाउँपालिकाको कामकाज लामो समयदेखि प्रभावित बनेको थियो । स्थानीय तहमा एकजना प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अदानचुलीमा दुई प्रशासकीय अधिकृत थिए । अध्यक्ष र उपाध्यक्षले छुट्टाछुट्टै निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेपछि गाउँपालिकाको काम प्रभावित भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत टक्कबहादुर प्याकुरेललाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएसँगै निलम्बित छन् । रिक्त पदमा गाउँपालिका अध्यक्ष सिंहले आफूनिकट मेगनाथ शाही र उपाध्यक्ष रोकायाले हंस महतारालाई निमित्त प्रशासकीय अधिकृत तोकेका थिए ।

अध्यक्ष र उपाध्यक्षको टकरावका कारण गाउँपालिकाको काम प्रभावित भएका समाचारहरू न्युज कारखानाबाट लगातार प्रकाशित भएपछि मन्त्रालयले नयाँ कार्यकारी नियुक्त गरी पठाएको हो ।

  • २ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !