अञ्जुको शोकमा छ चाँदनीचोक

आजभोलि

काठमाडौं ।  स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ ।

काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२  सवार थिए । विमानकी को–पाइलट अञ्जुको पनि सोही दुघर्टनामा परेर निधन भएको थियो ।

को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन । बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टनाग्रस्त भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ प्रस्थान गरेका थिए ।

विमान दुघर्टनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा शुभद्रा विक्षिप्तझैँ  भएका छन् । अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गरेकि छन् । नातिनीको वियोगमा उनले खानपिउनसमेत छाडेकि छन् ।

छिमेकी र आफन्त को–पाइलट अञ्जुको माइतीघरमा पुगेर शुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन् । तर हजुरआमा बोल्ना साथै नातिनी सम्झेर भक्कानिने गरेकि छन् । हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताए । उनले नातिनी अञ्जुसँग विमान दुघर्टनाको १५ दिनअघि भेट भएको बताइन् । विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को–पाइलट अञ्जु माइतीमै रात्रिविश्राम गर्ने र्गथिन् ।

भेटमा हजुरआमाले नातिनी अञ्जुलाई माघे सङ्क्रान्तिमा ज्वाइँलाई लिएर माइती आउन निम्ता दिएकि थिइन । तर निम्ता अधुरै रह्यो । अञ्जुलाई पुलाउ र तारेको आलु खुबै मनपर्ने भन्दै हजुरआमा शुभद्राले माइतीको पक्का घर पनि अञ्जु आफैँले ठड्याएको बताइन् । छोरा गोविन्द जागिरमा र बुहारी इन्दिरा घरधन्दामा व्यस्त रहने हुँदा आफ्नै काखमा नातिनीलाई खेलाएर हुर्काएको र साथीको झैँ सम्बन्ध रहेको हजुरआमा शुभद्राले बताइन् ।

फूपू प्रमिला सुवेदीले गत साउन १७ गते हजुरबुवा वेदनाथ खतिवडाको वार्षिक श्राद्धको सम्पूर्ण काम भदैनी अञ्जुले आफ्नो जिम्मामा लिएर फत्ते गरेको बताइन् । काका पुण्यप्रसाद खतिवडाले भतिजी अञ्जुमा कहीँकतै खोट लगाउने ठाउँ नभएको बताए । उनी पनि अञ्जुलाई आगोले कति पोल्यो होला भन्दै भक्कानिए । मिलनसार स्वभाव र अत्यन्तै बाठी अञ्जुले पहिलो श्रीमान्को विमान दुघर्टनामा नै निधन भएपछि शोकलाई शक्तिमा बदल्दै आफैँ पनि विमान चालक बनेको काका पुण्यप्रसादले बताए ।

दुघर्टनाको दिन पनि बिहान को–पाइलट अञ्जुले माइतीमा रहेका आफ्ना बाबुआमासँंग टेलिफोनमा कुराकानी गरेको काका पुण्यप्रसादले बताए । को–पाइलट अञ्जुको पहिलो श्रीमान् दिपक पोखरेलको पनि यति एयरलाइन्सको विमान दुघर्टनामा नै निधन भएको थियो । पोखरेलको निधनपछि अमेरीकाबाट विमान उडाउने तालिम लिएकी खतिवडा यती एयरलाइन्समा को–पाइटलको रूपमा कार्यरत थिए ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !