मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने

आजभोलि

काठमाडाैं। नारायणगढ–मुग्लिन सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो ।

गत ५ पुसबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आएको थियो । ५ माघबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले काम नसकिएकाले दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए ।

१० चैत ०७६ मा ३३ महिनाभित्र सम्पन्न गर्ने गरी एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार ९ पुसमा सम्झौताअवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।

यो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

  • ४ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !