डा.रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

आजभोलि

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् । बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले रुइतलाई बिहीबार बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा.रुइतले गरेको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् । पुरस्कार प्राप्त गरेपछि रुइतले सरकारसँग राखेका अपेक्षाका बारेमा पनि आफू गम्भीर रहेको प्रचण्डले बताएका छन् ।

‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ,’ प्रधानमन्त्रीले ट्विटरमार्फत भनेका छन् । नेपाल र विदेशका गरी लाखौं मानिसको आँखा उपचार गरेर उज्यालो जीवन दिएको भन्दै डा.रुइतलाई १३ करोड नेपाली रुपैयाँ बराबरको इसा अवार्ड प्रदान गरिएको हो ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !