स्वास्थ्य स्वयंसेविका, हेल्थपाेष्ट इन्चार्ज, शिक्षकलाई अंग आँखा, कानसम्बन्धी अभिमुखिकरण

आजभोलि

मुगु । नेपाल नेत्र ज्योति संघ मुगुले छायानाथ रारा नगरपालिका-१ देखि १४ वडामा कार्यरत ४७ जना महिला स्वास्थ्य स्वयंसेविका, हेल्थ पोष्ट इन्चार्ज र विद्यालयका प्रधानाध्यापकहरूलाई अभिमुखिकरण गरेकाे छ ।

मानव जीवनको महत्वपूर्ण ज्ञानेन्द्रिय अंग आँखा, कानसम्बन्धी क्षेत्रमा काम गर्दै आईरहेको संघले  महिला स्वास्थ्य स्वयंसेविकाकाे समाजमा महत्वपूर्ण भुमिका रहने भएकाले एक दिने आँखा, कानलगायत विषयमा ज्ञान दिन अन्तरक्रिया आयाेजना गरेकाे हाे ।

युनिसेफ नेपालको आर्थिक सहयोग, विश्व शिक्षाको प्राविधिक सहयोग, किर्डाक नेपाल र नेपाल नेत्र ज्योति संघको सयुक्त साझेदारीमा नगरपालिका तथा गाउँपालिकाको सहकार्यमा सन्चालित समाबेशी प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ कक्षासम्मका बालबालिकाको आँखा तथा कान परीक्षणसम्बन्धी महिला स्वास्थ्य स्वयंसेविका र हेल्थ पोष्टका इन्चार्जहरूलाई एक दिने अभिमुखिकरण गरिएको विश्व शिक्षाका फिल्ड अधिकृत केसर डिसिले बताए ।

उनका अनुसार यस नगरपालिका माताहत सञ्चालन भएका हेपो इन्चार्जहरूलाई पनि एक दिने अभिमुखिकरण गरिएको बताए । विशेष गरेर हेपो इन्चार्जहरूलाई ग्रामिण भेगमा रहेका बिरामीहरूको आँखा, कानको परीक्षण, चेकजाँज गर्ने जिम्मेवारी हुन्छ । आधिकारीक रुपमा बिरामीको पहिचान गरी सम्बन्धित ठाउँमा सिफारिस गर्ने हुनले ईन्चार्जहरुलाई अभिमुखिकरण गरिएको संघका केन्द्रिय उपाध्यक्ष तिलकबहादुर मल्लले बताए ।

 

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !