आगलागीबाट घाइते भएका राउटे नारायणको निधन

आजभोलि

दैलेख । आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे नारायण शाहीको मृत्यु भएको छ । पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जङ्गलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए ।

उपचारका लागि काठमाडौँ लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गए राति मृत्यु भएको हो । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो ।

एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिए । चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी उनी जलेका थिए । नारायणको यो मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।

एक सय ४३ जनसङ्या भएका राउटेहरू कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका छन । उनीहरू हाल दैलेखको नारायण नगरपालिका–८ सालखर्कमा बसोबास गरिरहेका सो समुदायमा परियोजनामार्फत खटिएका अहेब लोकेन्द्र शाहीले बताए ।

  • ५ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !