धनकुटामा आजबाट महोत्सव शुरु

आजभोलि

धनकुटा । पाँचौँ प्रादेशिक औधोगिक ब्यापार तथा कृषि मेला एवम् धनकुटा महोत्सव आजबाट शुरु भएको छ ।

महोत्सवको भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले आज यहाँ उद्घाटन गर्दै धनकुटाको गरिबी दर घटाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।

गएको वर्षमा धनकुटाको गरिबी घटाउन र जनताका आयश्रोत बढाउन लागिपरेको उनको भनाइ थियो । जिल्लाको १९ प्रतिशत गरिबीलाई  विगतमा १३ प्रतिशतमा झारेको बताउँदै मन्त्री राईले अबको पाँच वर्षमा १० प्रतिशतमा झार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

त्यसको लागि विगतमा आफ्नो पहलमा शुरु भएका विभिन्न सडक पूर्वाधार, भौतिक संरचना र कृषि क्षेत्रका कामलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा संविधानसभा सदस्य धनमाया विक(उर्मिला), प्रदेशसभा ‘क’का सदस्य निरन राई, ‘ख’का ईन्द्रमणि पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ्ग तथा धनकुटाका स्थानीय सात तहका प्रमुखले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

उद्योग वाणिज्य सङ्घ धनकुटाको  आयोजनामा १० दिनसम्म सो महोत्सव चल्नेछ । उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० स्टल रहेको महोत्सवबाट पाँच करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको छ ।

  • ६ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !