जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको व्यापारिक मेला हुने

आजभोलि

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘जनकपुरधाम व्यापार मेला २०७९’ आयोजना गर्न लागिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानलाई एउटै छानामुनि सहभागी गराई अनुभव आदानप्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

मेलामा स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यलगायत सार्क राष्ट्र भारत, पाकिस्तान र बङ्गलादेशका विभिन्न क्षेत्रका व्यापारीको पनि सहभागिता रहने आयोजक महासेठले बताए ।

औद्योगिक अवसरको सम्भावित अध्ययन तथा क्षेत्रीयस्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीलाई प्रोत्साहित गरी स्थानीय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले आज जनकपुरधाममा पत्रकार सम्मेलनमा बताए ।

महासेठले पत्रकार सम्मेलनमा यस बृहत् मेलाले पर्यटन विकासमा समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे ।  आगामी फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । उक्त मेलामा एक लाखभन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको सङ्घका महासचिव मनोजकुमार साहले बताए ।

कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य सङ्घ तथा सहआयोजक सिया इभेन्टस रहेको छ । व्यापार मेलामा पाइने विशेष सामानमा अटोमोबाइल्स, गार्मेन्टस, कन्स्ट्रक्सन बैंक, होम सप्लायर्स, हेल्थ एन्ड फिटनेस, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानीय एवं नवीनतम उत्पादन रहने सङ्घका वरिष्ठ उपाध्यक्ष मनिस साहले बताए ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !