नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

आजभोलि

काठमाडौँ । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।

महाअधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ज्ञान राज राई, महिला उपाध्यक्षमा अलिसा उलक तथा उपाध्यक्षमा मणिराम फुँयाल र पदमबहादुर खड्का चयनभएका छन् । उपाध्यक्षमा पूर्वक्षेत्रतर्फ ईश्वरचन्द राजवंशी, मध्य क्षेत्रमा सूर्यदेवप्रसाद यादव र पश्चिम क्षेत्रमा वसन्तकुमार राय निर्वाचित भएका छन् ।

सङ्घको महासचिवमा रेवती प्रकाश सुवेदी र उपमहासचिवमा नीरेन्द्र न्यौपाने निर्वाचित भएका हुन् । सचिवमा पूर्व क्षेत्रतर्फ श्यामकिशोर चौधरी, मध्यक्षेत्रतर्फ नरबहादुर विष्ट र पश्चिम क्षेत्रतर्फ रामरतन रजक निर्वाचित भएका छन् । सङ्घको सहसचिवमा झरना दाहाल, कोषाध्यक्षमा सनोदकुमार पौडेल र सहकोषाध्यक्षमा उपेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यतर्फ सीता महर्जन, अम्बिका पोखरेल, भगीरथ खड्का, सालिकराम मिश्र, कमलप्रसाद पाण्डे, अञ्जु कोइराला दाहाल, भुषण अधिकारी, गिरीप्रसाद पराजुली, ओमराज रेग्मी, ग्याल्छेन तामाङ, हस्तबहादुर धलान, गणेशप्रसाद पौडेल, शिवलाल घर्ती र रामप्रसाद चौधरी निर्वाचित भएका हुन् ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !