बागलुङका दुर्गम गाउँमा केन्द्रीय लाइन

आजभोलि

ढोरपाटन । बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो । बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए । हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए । अधिकांश रातहरु अँध्यारोमा बिताएका उनीहरुले अब त्यो नियति भोग्नुपर्ने छैन ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीय दङ्ग परेका हुन् । विसं २०६५ मा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् पुगे पनि बाह्रै महिना बाल्न पाइएको थिएन । केन्द्रीय विद्युत् जडान भइसकेकाले अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीयवासी शालिकराम कँडेलले बताए ।

विद्युत् प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले अहिले गाउँमा केन्द्रीय लाइन आइपुगेको उल्लेख गर्दै उनले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरु अन्धकारमा बस्न बाध्य भएको सुनाए ।

कँडेलले पटक–पटक बाढीले नहर तथा विद्युत् गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौंदेखि दुःख पाएको बताउनुभयो । उउनले भने,“हिउँदभरि बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाईदिन्थ्यो, अब त बाढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरु चलाउँदा पनि पावर नपुग्ला भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरुलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी वा दियालो बालेर बस्न पर्ने छैन, कहिलेकाहीँ बिग्रिने कुरा त स्वाभाविक नै भयो ।”

गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत् आयोजनाको नहरसहित टङ्कीमा ठूलो क्षति पु¥याएको थियो । केन्द्रीय लाइनले स्थानीयवासीलाई अँध्यारोबाट उज्यालोमा फर्काएको उक्त आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताए ।

उनले भुजीखोलाले बर्सेनि विद्युत् नहर तथा गृहमा क्षति पु¥याउँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य हुनाका साथै लाखौँको धनमाल नोक्सान हुने गरेको थियो भने। “यो जलविद्युत् आयोजना सञ्चालनमा आएको चौध वर्षभन्दा बढी भयो, धेरै मिहेनत र दुःखले घरघरमा बिजुली पुगेको थियो तर बाढी–पहिराले हैरान बनायो, असोजमा पनि पहिराले नहर र ट्याङ्कीमा ठूलो क्षति पु¥यायो, अहिले मर्मत गरिरहेका छौँ”, अध्यक्ष कुँवरले भने, “अब धेरै सहज हुने भयो, गाउँमा बर्खामा पनि बिजुली बल्ने भयो, अब जनताले दुःख पाउने छैनन्, यो लघुजलविद्युत् पनि निर्माण भइरहेको छ, अब केही समयमै सञ्चालनमा आउने छ ।”

अर्का स्थानीयवासी शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय–समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरु समस्यामा परेकामा अब उनीहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो । झन्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउन पाउँदा खुसी बनेको उनको भनाइ थियो । “हामीहरु स्थानीय विद्युत्को भरमा वर्षौंदेखि अलमलियौँ, कहिले बल्छ, कहिले जान्छ, धेरै दुःख पाएका थियौँ, गाउँमा विद्युत् नहुँदा यस ठाउँका नागरिक अन्धकारमा बस्नाका साथै सूचना सञ्चारको पहुँचबाट महिनौँ टाढा हुनु परेको थियो”, कँडेलले भने, “अब त्यो समस्या पूर्णरुपमा हट्नेमा हामीहरु विश्वस्त छौँ, अब एउटा मोबाइल चार्ज गर्न घण्टौँ टाढा पुग्नुपर्ने अवस्था हट्नेछ, गाउँमा कुटानी–पिसानी पनि गर्न पाइने छ ।”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल समस्या समाधान गरिएको बताए । ्

उनले अधिकारीचौर, भैँसीखर्क, नाथुरीमा विद्युत् बलिसकेको र प्याङ्खोला, मस्ती, चौरलगायत ठाउँमा लाइन जडान भइरहेको जानकारी दिए । ती गाउँमा पनि केही दिनमै केन्द्रीय लाइन उपलब्ध गराइने छ । यहाँ विद्युत् विस्तार गर्दा रु ५० लाख भन्दाबढी खर्च भइसकेको उनको भनाइ थियो । यस वर्ष बागलुङमा विद्युत् प्राधिकरणबाट रु एक करोड र नेपाल सरकारबाट रु ९३ लाख विनियोजन भएककाले जिल्लाको सबै ठाउँमा काम तीव्र रुपमा भइरहेको उनले जानकारी गराए ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !