फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्न रक्षामन्त्री उप्रेतीसहितको टोली बारा आउँदै

आजभोलि

बारा । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार काठमाडौं–निजगढ द्रूतमार्गको स्थलगत अनुगमन गर्ने भएका छन् । बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको विशेष अनुरोधमा रक्षामन्त्री उप्रेतीसहितको टोलीले बुधबार द्रूतमार्गको स्थलगत अनुगमन गर्ने तय गरेको हो ।

रक्षामन्त्री उप्रेतीसहितको टोलिमा नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा, फास्ट ट्र्याक आयोजना टोली लगायत मन्त्रालयका विशिस्ट कर्मचारीले फास्ट ट्र्याकको स्थलगत अनुगमन गर्ने कार्यक्रम भएका छन् । टोलीले फास्ट ट्र्याकको स्थलगत अनुमगन गरेर कार्यप्रगतिबारे जानकारी लिने बताइएको छ ।

बारा १ का प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन नसकेको हुँदा निर्धारित समयमा तराईलाई राजधानी काठमाडौंसँग जोड्ने ७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने उदेश्यले स्थलगत अनुमगन गर्न वातावरण मिलाएको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीका स्वकीय सचिव दमोदर मैनलीले बताए ।

सेनाका अधिकारीहरुले विक्रम संवत् २०८१ मंसिर सम्ममा निर्माण सम्पन्न गर्ने बताएको भएतापनि २०६६ सालमा शिलान्यास भएको द्रूतमार्ग १२ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

  • १० माघ २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !